चितवन । चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ६०० भन्दा बढी मत खसेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार अहिले बिहान ९ः३० बजेसम्ममा एक हजार ६५० खसिसकेको छ ।
नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो । मतदाता लाइनमा बस्ने बेलासम्म मतदान जारी रहने भन्दै दाहालले ११ बजेसम्म मतदान सकिने जानकारी दिए ।
महाधिवेशनमा दुई हजार १५३ जनाले मतदान गर्दैछन् । मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गर्दैछन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्