कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गरेका हुन् । विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले बताए । मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुख शाहीले घोषणा गरे ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, नेकपा ९एकीकृत समाजवादीका ३ र राप्रपाका १ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरु अनुपस्थित रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्