राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गरिएको छ । सोमबार पर्यटन मन्त्रालयमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीले उक्त प्रमाणपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुयाएरै छाड्ने बताए । उहाले अहिले पनि ५० अर्वभन्दा पनि बढि ऋण रहेको भन्दै निगमको खर्च घटाएर नाफामा लैजाने धारणा राखे । त्यस्तै मन्त्री आलेले अन्तराष्ट्रिय मापदण्ड पुरा गरेर खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र पाएको भन्दै व्यवसायीहरुलाई सिधै सामान ल्याउन सहज हुने र राज्यलाई पनि नाफा हुने उल्लेख गरे ।
त्यस्तै नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारीेले निगममाथि आएका दायित्व गम्भीर भएर पुरा गर्ने प्रतिवद्धता जनाए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्