वीरगञ्ज । औषधि व्यवस्था विभागले सर्लाहीको हरिवनस्थित सरस्वती अस्पतालभित्रको फार्मेसीमा सिलबन्दी गरेको छ । प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी गरिएको हो ।
सोमबार औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट गएको टोलीले मेडिकलको अनुगमन गरेको थियो । शाखा कार्यालयबाट गएको तीन जनाको टोलीले सोमबार हरिवन र लालबन्दीका तीन वटा औषधि पसलमा छड्के अनुगमन गरेको थियो । हरिवन स्थित त्रिदेव मेडिकल हलमा फार्मेसिस्टविना औषधि बिक्री गरेको पाइएकोले त्यसो नगर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।
औषधि व्यवस्था विभागको शाखा कार्यालय वीरगञ्जका अनुसार लालबन्दीस्थित सुसान्त फार्मेसीले नियमित बिक्री बिल नदिएको र फ्रिजमा खानेकुरा र औषधिसँगै राखेकोले कारबाहीका लागि कार्यालयमा बोलाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्