काठमाडौं । नेकपा माओवादी केन्द्रले सर्वदलीय र सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने जनाएको छ । साथै उसले
संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठक बसेको थियो । सो बैठकले संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको माओवादीका एक सांसदले बताए । बैठकमा सांसदहरुले एमसीसीबारे राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले सर्वदलीय सर्वपक्षीय सहमतिपछि मात्रै अघि बढ्ने बताएका थिए ।
बैठकले प्रचण्डकै नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्