काठमार्डौँ । नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ३ सय ९२ पिसिआर परिक्षणका क्रममा २ सय २९ जना र ४ हजार ३ सय १७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ६ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ३ सय ६२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार ५ सय १६ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ८९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्