काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ ।
निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना सुरु गर्न निर्वाचन समितिले पार्टी नेतासहितको बैठक १ बजे बोलाएको सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिए । मतगणनाको आचारसंहितालगायत विषयमा छलफल एवं निर्णयपछि गणना सुरु हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने पनि उनले बताए । सोमबार नै निर्वाचन सकिएपछि पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगी राखिएको छ ।
पहिलो चरणमा सभापति पदको मतगणना मङ्गलबार राति सम्पन्न भएको थियो । सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा शेखरप्रसाद कोइरालाकाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहनुभएका देउवा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्