दमक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक नगरपालिका–४ मा सवारी दुर्घटनाहुँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ वर्षीय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी अनुसार गएराति बा ३ ख ८६२७ नं को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पु¥याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो ।
प्रहरीले सवारी चालक धनकुटा नगरपालिका– १० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्