मलङ्गवा नगरपालिको एक घरमा आगलगी, १५ लाख बराबरको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

मलङ्गवा । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको आगलगीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बिद्युत् चुहावट हुँदा घरमा आगलगी भएको प्रारम्भीक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । घरमा सुतिरहेको समयमा आगलगी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताए । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो ।

स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलगीबाट सरसमान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थपक्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्