दार्चुला । दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको उनले बताए ।
खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए । उनका श्रीमान्को सात वर्ष अघि मृत्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् । घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । शङ्कास्पद एक जना फरार रहेको बताइएको छ ।
घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थलमा जानुभएको छ । प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्