कालीकोट । कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए ।
विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्