राष्ट्रिय सभा निर्वाचन: कर्णाली प्रदेशमा मतदान सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार देशभरका सातवटै प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । कर्णाली प्रदेशमा तीन सदस्यका लागि भएको मतदान भने सम्पन्न भएको छ ।

प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो । कर्णाली प्रदेशमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १ सय ५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्णालीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् ।

त्यसैगरी एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत बिक उम्मेदवार छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्