आज हरिबोधनी एकादशी,पशुपतिनाथमा तोरण टाँग्नेहरुको घुइँचो…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ठूलो एकादशी, विशेष गरी हरिबोधनी एकादशीका अवसरमा नदी वारपार तोरण टाग्नुको धार्मिक महत्वलाई गहिरो अर्थमा लिइन्छ ।

परम्परागत रुपमा, हरिबोधनी एकादशीलाई भगवान विष्णुको निन्द्राबाट जागृत हुने दिन मानिन्छ । तोरण लगाउनुको अर्थ भगवानको शक्तिमा आश्रित भई सम्पूर्ण दुःखकष्टबाट मुक्ति प्राप्त गर्नु र पापको नास गर्दै पुण्य अर्जन गर्नु हो । तोरणलाई स्वर्गको प्रतीक मानिन्छ, र यसलाई सजाएर नदी वारपार टाँग्दा आत्मिक शुद्धता प्राप्त गर्न सकिने विश्वास रहिआएको छ ।

यही परम्परा र धार्मिक आस्थालाई मानेर पशुपतिनाथमा तोरण टाँग्नेहरुको बिहानैदेखि भीड लागेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्ः

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्