काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै लियोनमाथि सनसनीपूर्ण जित निकालेको छ । पिएसजीका लागि जोएओ नेभेसले निर्धारित समयपछि थप भएको समयको पाँचौं मिनेटमा हेडमार्फत् गोल गरेका हुन् ।
रोमाञ्चक बनेको खेलको पहिलो हाफको आठ मिनेटको अन्तरमा तीन गोल भएका थिए । उक्त खेलको २६ औं मिनेटमा गोल गर्दै वारेन जायर एमरीले पिएसजीलाई अग्रता दिलाएका थिए ।
खेलको ३० औं मिनेटमा लियोनका अफोन्सो मोरेइराले बराबरी गोल फर्काए भने ३३ औं मिनेटमा पिएसजीका खिभिखा काभारात्खेलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयकै तीन मिनेटमा लियोनका डिफेन्डर निकोलस टयाग्लियाफीको लगातार दोस्रो पहेँलो कार्ड पाएसँगै मैदानबाट बाहिरिएका थिए । त्यसपछिको दुई मिनेटमै खेल रोमाञ्चक ढंगले पिएसजीको पक्षमा पुग्यो ।
दोस्रो हाफको ५० औं मिनेटमा लियोनका आइन्सली मेटल्यन्डले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । त्यसपछि अन्तिम समयसम्म बराबरी भएको खेलमा पिएसजीले अतिरिक्त समयमा बाजी मारेको हो । यो जितसँगै १२ खेल खेलेको पिएसजी २७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्