Skip to content

भयकानोसँग रोकियो रियल म्याड्रिड, शीर्ष अग्रता बढाउने मौका गुमायो

कालोपाटी

४ हप्ता अगाडि

काठमाडौं । ला– लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड रियल रायो भयकानोसँग गोलरहित बराबरीमा रोकिएको छ । लगातार कडा चुनौती दिएको भयकानोविरुद्ध रियलको रणनीति सफल नहुँदा गोल रहित बराबरीमा खेल टुंगिएको हो ।

पहिलो हाफमा राउल असेन्सियोले गरेको प्रहार गोल हुन सकेन । उसका लागि भिनिसियस जुनियर र जुड बेलिङघमले पाएका महत्त्वपूर्ण अवसर गुमाए । यो बराबरीसँगै शीर्ष स्थानको रियलले तालिकामा पाँच अंकको अग्रता बढाउने अवसर गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्