काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महिला हिंसाको कानुनको सवालमा अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गरेको तर हिंसाको कुरा नगरेको बताइन् । आइतबार नेपाल पर्यटन बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन् ।
‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन । विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ । यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उनले भनिन् । न्यायाधीश मल्लले हिंसामा परेका महिलालाई न्याय दिन काम गरिरहेको पनि प्रयाप्त नभएको बताइन् ।
उनले भनिन्, ‘महिलाको बलात्कार हुँदा कहाँ बलात्कार भयो भनि लोकेसन खोज्ने हैन नि उसको शरीरमाथि भएको छ । उसको शरीरनै घटनास्थल हो भन्ने नजिर हामीले स्थापित गरेका छौ । हामीले गरिरहेका छौ तर निश्चय नै त्यो प्रयाप्त छैन । अहिले हरेक दिन फरक फरक मुद्धाहरु पनि आइरहेका छन् ।’ उनले पुरुष पनि पीडित हुन सक्ने भन्दै सबै पुरुष दोषि हुन भन्ने पूर्वाग्रह राख्न नहुने बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्