Skip to content

सुधारिएको चुलो प्रवर्द्धन कार्यक्रमलाई सहज बनाउँन उद्योगको माग

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । सरकारले वातावरणमैत्री सुधारिएको चुलो प्रवर्द्धन कार्यक्रमअन्तर्गत चुलो उत्पादन गर्ने उद्योगलाई सहुलियत बैंक कर्जाको प्रबन्ध गर्नुपर्ने उद्योगीहरूले माग गरेका छन्।

वीरगञ्जमा दशकौँदेखि सुधारिएको चुलो उत्पादन हुँदै आएको हस्क पावर नेपाल कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक मनोजकुमार गुप्ताले वातावरणमैत्री चुलो उत्पादन गर्ने उद्योगलाई कर्जामा विशेष छुटको व्यवस्था भए काम गर्न सहज हुने बताए।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थाका प्राडा राजेश राईले भने, “सुधारिएको चुलोले मानव स्वास्थ्यमा नकारात्मक असर गर्दैन, दाउराको खपत घटाउँछ र वनजङ्गल फँडानी कम गरी कार्बन उत्सर्जनमा पनि टेवा दिन्छ। यसले घरभित्र हुने प्रदूषण पनि कम गर्छ।”

वीरगञ्ज महानगरपालिका–२१, पटेलनगरस्थित उक्त कम्पनीले सात वर्षदेखि सुधारिएको चुलो उत्पादन गर्दै आएको छ । कम्पनीले हालसम्म करिब तीन लाख चुलो उत्पादन गरिसकेको छ र पङ्खा भएको चुलोको मूल्य रु ५,५०० र पङ्खा नभएको चुलोको मूल्य रु २,५०० तोकेको छ ।

गुप्ताले उद्योगको माग विशेषगरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उच्च रहेको जानकारी दिए। कम्पनी हाल एक बिघा क्षेत्रफलमा फैलिएको छ र २८ जना कर्मचारी तथा सात जना सुस्तश्रवण भएका व्यक्तिहरू कार्यरत छन् । उद्योगमा लगानी रु १५ करोडभन्दा बढी रहेको छ र यहाँ सुधारिएको चुलोसँगै बायो पेलेट, बायोपेन्ट, मेटल फ्रेविक्रेसन, झ्याल–ढोका लगायतका सामग्री उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार