काठमाडौं । आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने गरी व्यवस्था गरिएको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, सिंहदरबारमै रहेको उक्त हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको हो। जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन जलेपछि वैकल्पिक स्थलको रुपमा सिंहदरबार रोजिएको हो। प्रवक्ता गिरीले बताए अनुसार हलको ९० प्रतिशत तयारी पूरा भइसकेको छ र बाँकी काम माघ ४ अगाडि सम्पन्न हुने छ।
सरकारले मन्त्रिपरिषद् सिफारिस गरेर राष्ट्रपतिसमक्ष अधिवेशन आह्वान गरेको छ। राष्ट्रिय सभामा केही विधेयक, अध्यादेश, संसदीय समितिका अध्ययन प्रतिवेदन तथा वार्षिक प्रतिवेदनहरू प्रस्तुत हुनेछन्। अधिवेशन सुरु भएपछि सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्तावहरू पनि राख्न सक्नेछन्।
बैठकमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन हुनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्