काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटहीसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ ।
संशोधनमार्फत् केन्द्रिय बैंकले व्यवसायी तथा सेवाग्राहीले गर्न पाउने विदेशी मुद्रा सटहीको सीमा बढाएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै आयात, सेवा भुक्तानी, हवाईजहाजका पार्टपुर्जा, स्याटलाइट सेवा, भारतमा गरिने भुक्तानीलगायत विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानीलगायतमा सटहीको सीमा बढाएको हो ।
संशोधित एकीकृत निर्देशनअनुसार, हवाईजहाजका इन्जिन वा पार्टपुर्जा विदेशमा लगेर मर्मत गरी ल्याउने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट गर्न सकिने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर १ लाखबाट बढाएर ५ लाख पुर्याइएको छ ।
त्यस्तै विदेशका अस्पतालमा उपचार गर्न जानको लागि नेपाली नागरिकलाई वार्षिक ३० हजार अमेरिकी डलर बराबरको सटही सुविधा हुने भएको छ । यसअघि यस्तो सुविधा १६ हजार अमेरिकी डलरसम्म थियो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सटही सुविधा उपलब्ध गराउन सक्ने वार्षिक सीमा पनि बढाएको छ । यसअघि वार्षिक १५ हजार अमेरिकी डलरसम्म रहेको यस्तो सीमा अब ३० हजार डलर पुर्याइएको छ ।
त्यसैगरी, विदेशी सेवा प्रदायकसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिने नेपाली दूरसञ्चार सेवा प्रदायकले सेवा शुल्कबापत बैंक तथा वित्तीय संस्थामार्फत गर्न सक्ने वार्षिक भुक्तानीको सीमा १ लाख अमेरिकी डलरबाट बढाएर ५ लाख डलर पुर्याइएको छ ।
नियामक निकायबाट सम्झौता, सहमति वा सटही सिफारिस प्राप्त भएका कारोबारमा पनि प्रतिपटक सटही सुविधा उपलब्ध गराउन सकिने सीमा १५ हजार डलरबाट बढाएर ३० हजार डलर पुर्याइएको छ ।
यस्तै, नियामक निकायको सिफारिस आवश्यक पर्ने निश्चित प्रकृतिका भुक्तानीमा समेत सीमा बढाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्