काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार जनगणनासम्बन्धी दुई महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गरेको छ। यी प्रतिवेदनमा ‘नेपालमा शिक्षा र समावेशिता’ र ‘नेपालमा बालबालिकाको अवस्था’ विषय समेटिएका छन्।
प्रतिवेदन अनुसार पाँच वर्षपछिका बालबालिकाको विद्यालय जाने दर उच्च भए पनि माध्यमिक तहपछि विद्यालय उपस्थितिको दर घट्दो छ। १५–१९ वर्ष उमेर समूहका प्रत्येक चार बालबालिकामध्ये एकजना विद्यालय बाहिर रहेको देखिएको छ। २०६८ देखि २०७८ सम्मको १० वर्ष अवधिमा साक्षरता दर १६ प्रतिशतले वृद्धि भएको छ र १८ वर्षमुनिका बालबालिकाको दर लगभग शतप्रतिशत पुगेको छ।
प्रदेशगत रुपमा बागमती र गण्डकी प्रदेशमा साक्षरता दर सबैभन्दा उच्च ९५ प्रतिशत रहेको छ। नेपालमा कुल ९८ लाख ६९ हजार ५८३ बालबालिका छन्, जुन कुल जनसंख्याको ३४ प्रतिशत हो। मधेस र लुम्बिनी प्रदेशमा बालबालिकाको संख्या उच्च छ भने कोशी र गण्डकी प्रदेशमा कम रहेको छ।
प्रतिवेदनले बालबालिकाको आर्थिक गतिविधि, अपाङ्गता, जन्मदर्ता, बसाइँसराइ र पारिवारिक संरचनामा प्रादेशिक भिन्नता रहेको र केही प्रदेशमा बालश्रम, अपाङ्ग बालबालिका र जन्मदर्ताको अवस्था चिन्ताजनक रहेको निष्कर्ष निकालिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्