Skip to content

निर्वाचन प्रहरीमा आवेदन दिने आज अन्तिम दिन, केही जिल्लामा समय थप

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । फागुन २१ मा हुन लागेको निर्वाचनका लागि निर्वाचन प्रहरीमा आवेदन दिन आज अन्तिम दिन हो । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ ५ बजेसम्म आवेदन लिने सूचना प्रकाशित गरेको छ ।

तर कास्की र स्याङ्जा जिल्लामा आवश्यक संख्यामा आवेदन नपरेको कारण आवेदन दिने समय केही दिन थप गरिएको छ । कास्कीमा आवेदन माघ ३ गतेसम्म लिने निर्णय गरिएको छ भने स्याङ्जामा पनि दुई दिन समय थप गरिएको छ ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अहिलेसम्म करिब १ लाख ६० हजारले आवेदन दिएका छन् । निर्वाचन प्रहरीमा १ लाख ३३ हजार ९८० जना तथा सशस्त्रमा १५ हजार ११० जनालाई परिचालन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार