Skip to content

उज्यालो नेपाल पार्टी १६५ क्षेत्रमै उम्मेदवार दिने तयारीमा

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारीमा छ। पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइन आवेदन खुला गरिसकेको छ।

तर केही महत्त्वपूर्ण क्षेत्रहरूमा अझै योग्य उम्मेदवारको खोजी जारी छ। कोशी प्रदेशका ३, मधेस प्रदेशको १, बागमती प्रदेशका २, गण्डकी प्रदेशका ५, लुम्बिनी प्रदेशका ८, कर्णाली प्रदेशको १ र सुदूरपश्चिमका ५ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रियामा पार्टी विशेष मिहिनेत गरिरहेको छ।

अध्यक्ष कुलमान घिसिङले अन्य पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमअनुसार स्वतन्त्र रूपमा अघि बढ्ने बताएका छन्। पार्टीले देशलाई नयाँ दिशा दिन सक्ने, निष्कलङ्क र विकासप्रेमी छवि भएका उम्मेदवारलाई प्राथमिकता दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार