काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक तर्फको मतपत्र छपाईको काम तीव्र गतिमा भइरहेको छ। अहिले सम्म ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।
मतपत्र छपाई भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार थान मतपत्र छपाई भएको थियो। आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फ कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ।
मतपत्र छपाईको विवरण अनुसार हाल १ करोड १९ लाख १३ हजार थान मतपत्र छपाई हुन बाँकी छ। अहिलेसम्म २० हजार ८ सय ३० बाकस बराबरको मतपत्र प्याकिङ भइसकेको छ भने १४ हजार ४ सय २० बाकस बराबरको मतपत्र अझै प्याकिङ गर्न बाँकी छ।
यसैगरी, आयोगले १० लाख ९८ हजार २०० थान मतपत्र नमूनाका रूपमा पठाइसकेको छ। निर्वाचन आयोगले मतदाता संख्याभन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने बताएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्