काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ। निर्वाचनलाई मितव्ययी, पारदर्शी र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त नीति अपनाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री प्रयोग गरिनेछ, जसमध्ये ३७ प्रकारका सामग्री प्रदेश र जिल्लास्तरबाट नै खरिद गरिने व्यवस्था मिलाइएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रबाट १४ प्रकारका सामग्री मात्र खरिद गरिने जानकारी दिए।
उनका अनुसार अधिकांश केन्द्रस्तरीय खरिद ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत गरिनेछ। निर्वाचनका लागि करिब ६ करोड ७५ लाख रुपैयाँ बराबरको नयाँ सामग्री खरिद गरिएको छ भने बाँकी आवश्यक सामग्री पुरानै स्टक पुनः प्रयोगमा ल्याइनेछ।
आयोगले स्थानीय सामग्रीको प्रयोगमार्फत खर्च घटाउने, पारदर्शिता बढाउने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता, दाबी–विरोध तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम यसअघि नै सम्पन्न भइसकेको आयोगले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्