काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।
पार्टीका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरी सक्षम सरकार निर्माण गर्ने लक्ष्यसहित केन्द्रीय समिति बैठकको निर्णयअनुसार उक्त समिति गठन गरिएको हो। समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन्।
अर्याल नेतृत्वको समितिअन्तर्गत सातै प्रदेशमा समन्वय समिति गठन गरी समन्वय सचिव र सदस्यहरू तोकिएको रास्वपाले जनाएको छ।
यसका अतिरिक्त पार्टीले आन्तरिक समन्वय, प्रशासनिक समन्वय तथा सञ्चार समन्वयसम्बन्धी तीनवटा विशेष समिति समेत गठन गरेको जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्