काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।
कैलाली क्षेत्र नम्बर १ बाट दर्ता गरिएको चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुनुवाइ हुने भएको हो।
यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।
चौधरीको उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्