Skip to content

युवराज सफल हाजिर जमानीमा रिहा

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल) हाजिर जमानीमा रिहा भएका छन्। उनलाई बुधवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँले रिहा गरेको डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।

सफललाई महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरेको आरोपमा माघ १३ मा पक्राउ गरिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले विभिन्न मुद्दामा रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको आरोप लगाएपछि माघ ८ मा प्रहरीलाई पत्राचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार