काठमाडौँ । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल सङ्कटमा परेको छ। अस्पतालले स्वास्थ्य बिमा तथा डायलासिसका लागि तीन करोडभन्दा बढी रकम पाउन नसकेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलले जानकारी दिए।
भुक्तानी नपाउँदा औषधि र उपकरण खरिद, कर्मचारी तलब तथा भत्ता भुक्तानी र अन्य नियमित क्रियाकलाप प्रभावित भएका छन्। अस्पताल व्यवस्थापन समितिको कोषबाट केही समयका लागि व्यवस्थापन भए पनि अब सङ्कट सिर्जना हुन थालेको उनले बताए।
जिल्लामा स्वास्थ्य बिमामा आबद्ध लगभग ४५ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन्। सरकारले तोकेको दररेटको रकम अस्पतालले बर्सेनि पाउन नसक्दा सेवा प्रदानमा समस्या आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले बताए।
केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले अस्पताल निरीक्षणको क्रममा बिमाको रकम भुक्तानी उपलब्ध गराउन ज्ञापनपत्र प्राप्त गरेकी थिइन्। मन्त्री गौतमले देशभरका अस्पतालहरूमा बिमाबापतको रकम भुक्तानी नपाएर समस्या देखिएको र सरकारले विभिन्न स्रोतबाट बजेट व्यवस्थापनमा लागेको जानकारी दिइन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्