Skip to content

तनहुँमा निर्वाचन प्रहरी तालिम सुरु

कालोपाटी

२० घण्टा अगाडि

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउन तनहुँमा निर्वाचन प्रहरीको आधारभूत तालिम सुरु भएको छ। गृह मन्त्रालयको विज्ञापन बमोजिम छनोट भएका युवा जनशक्तिलाई निर्वाचन सुरक्षामा सक्षम बनाउन जिल्लाका विभिन्न स्थानमा प्रशिक्षण दिइँदैछ।

तालिमको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले निर्वाचन लोकतन्त्रको महाकुम्भ भएको बताउँदै प्रशिक्षार्थीहरूलाई जिम्मेवार र अनुशासित ढंगले कार्य गर्न निर्देशन दिनुभयो। तालिममा सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, कानुनी प्रावधान र निर्वाचन आचारसंहिताको गहिरो सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने छ।

तालिम पाटन खेल मैदानसँगै आँबुखैरेनी, बेलचौतारा, भानु र बन्दीपुरमा पनि सञ्चालन भइरहेको छ। तालिम सम्पन्न भएलगत्तै प्रशिक्षार्थीहरूलाई जिल्लाका विभिन्न मतदान स्थल र केन्द्रहरूमा सुरक्षाका लागि परिचालन गरिने योजना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार