काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक दृष्टिकोण व्यक्त गर्दै भने, “सबैले पार्टी रोजे, मैले जनता रोजेँ।”
२०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी लिएर मेयर बनेका हमाल अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीमा आवद्ध छैनन्। उनका अनुसार उनी जनताको सेवा र उपमहानगरपालिकाका काममा केन्द्रित छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार भएर मेयर बनेका काठमाडौंका बालेन शाह र धरानका हर्क साम्पाङले क्रमशः प्रतिनिधि सभा उम्मेदवारका रूपमा राजनीतिक यात्रा अघि बढाएका छन्। तर हमाल उपमहानगरपालिकाका कार्यहरूमा व्यस्त रहँदै आएका छन्।
स्थानीय चुनावमा नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल मेयर निर्वाचित भएका थिए। उनले २६ हजार ८६५ मत पाएका थिए भने कांग्रेसका वडले १४ हजार ८१७ र एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्