काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई ‘दलाल’को ट्याग लगाउनु गलत भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै उनले कानुनको दायरामा बसेर नाफा कमाउने व्यवसायीलाई दलाल भन्नु अनुचित भएको स्पष्ट पारे।
महामन्त्री पौडेलले निजी क्षेत्रले रोजगारी सिर्जना गर्ने र राज्यलाई ठूलो कर तिर्ने भएकाले पुँजी निर्माणमा राज्यले सहयोग गर्नुपर्ने बताए। अघिल्ला निर्वाचनमा लामा घोषणापत्र आए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै यसपटक कांग्रेसले १० बुँदे कार्यान्वयनमुखी घोषणापत्र ल्याउने जानकारी दिए।
उनले आर्थिक विकासका लागि गाली होइन, ठोस एजेन्डामा आधारित प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गरे। अर्थतन्त्रलाई डिजिटलाइजेसन गरे मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव हुने भन्दै प्रशासनिक संयन्त्र र सरकारी कामकाज डिजिटल प्रणालीमा लैजानुपर्नेमा जोड दिए।
पौडेलले शिक्षा र स्वास्थ्यमा राज्यको लगानी आवश्यक भए पनि उत्पादन र रोजगारी सिर्जनाको मुख्य जिम्मेवारी निजी क्षेत्रको हुने बताए। साथै, वैदेशिक लगानी भित्र्याउन नीतिगत कडाइ घटाएर सहज वातावरण बनाउनुपर्ने धारणा राखे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्