काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई आइतबार गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट पक्राउ गरेको हो।
अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको साथबाट घुस लिएको १० हजार रुपैयाँ तथा १ लाख ३६ हजार ४ सय २० रुपैयाँ जरी रकम गरी कुल १ लाख ४६ हजार ४ सय २० रुपैयाँ बरामद गरिएको छ। त्यस्तै, नासु रिजालको साथबाट घुस लिएको २० हजार रुपैयाँ र स्रोत नखुलेको रकमसमेत गरी २ लाख ६८ हजार २ सय ८८ रुपैयाँ फेला परेको छ।
उनीहरूले कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानको निकासी प्रक्रियामा सेवाग्राहीसँग घुस माग्ने गरेको सूचनाका आधारमा अख्तियारले छापा मारी पक्राउ गरेको जनाएको छ।
छापामारीका क्रममा २३ थान मोबाइल फोनसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्