Skip to content

नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । विश्व बैंकले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत नेपालको डिजिटल रूपान्तरणका लागि ५० मिलियन अमेरिकी डलर दिने निर्णय गरेको छ। परियोजनाले सार्वजनिक पूर्वाधार सुदृढ पार्दै नागरिकलाई डिजिटल माध्यमबाट सेवाहरू प्रदान गर्ने उद्देश्य राखेको छ।

परियोजनाभित्र एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सुरक्षित डेटा आदान–प्रदान प्रणाली, प्रमाणीकरण योग्य प्रमाणपत्र, डिजिटल वालेट र डिजिटल लकर जस्ता प्लेटफर्ममा लगानी हुनेछ। यसले नागरिक र व्यवसायलाई सहज, सुरक्षित र पारदर्शी सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनका अनुसार, डिजिटल पूर्वाधारमा लगानीले सार्वजनिक सेवा प्रवाहमा समावेशिता, प्रभावकारिता र सुशासन प्रवद्र्धन गर्नेछ। परियोजना विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)को संयुक्त सह–वित्तीय व्यवस्थामा कार्यान्वयन हुनेछ। एडीबीले यसमा ४० मिलियन अमेरिकी डलर योगदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार