Skip to content

नेप्से परिसूचकमा झिनो गिरावट, ८ अर्ब ६९ करोडको कारोबार

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । साताको कारोबार हुने दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ विन्दुमा रोकिएको हो।

आज कुल ३२९ कम्पनीका २ करोड २२ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६९ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा उतारचढावका बीच ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ। १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

सबैभन्दा धेरै कमाउनेमा जलविद्युत् क्षेत्रका कम्पनीहरू अगाडि देखिएका छन्। रिडी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढेको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जी ८.६८ प्रतिशत र आँखुखोला जलविद्युत कम्पनी ७.२१ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा पनि रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसपछि आँखुखोला जलविद्युत (६२ करोड १३ लाख) र सिंगटी हाइड्रो (५८ करोड ७६ लाख) को कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार