काठमाण्डौ । निर्वाचन आयोग ले ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ। हिजोसम्म कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिसकिएको आयोगले जानकारी दिएको छ।
आयोगले कर्णाली प्रदेश का १० जिल्लामा मतपत्र पठाउन थालेको छ। छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका लागि ढुवानी प्रक्रिया शुरू गरिएको हो।
सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका निर्वाचन क्षेत्रमा मतपत्र पठाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपाने ले जानकारी दिनुभयो।
आयोगका अनुसार हालसम्म १४ हजार ३ सय ४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब १ हजार बाकस मतपत्र प्याकिङ तथा १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा मतपत्र छपाइ भइरहेको छ। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्