काठमाण्डौ । कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा निलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीले द्रुत प्रतिक्रिया टोली ९आरआरटी० परिचालन गरी स्थानीय स्तरमा नमूना संकलन गरेको थियो । प्रारम्भिक रूपमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाण्डौ ल्याईएको थियो । पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरमा संक्रमण देखिएको छ । रोगको संक्रमण प्रारम्भिक चरणमै छ । किसानले समयमै सावधानी अपनाएनन् र जैविक सुरक्षाका उपायहरू लागू गरेनन् भने बङ्गुरपालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने जोशीले बताउनुभयो ।
नमूना संकलन गरिएका फार्मका धनीहरूलाई सचेत गराउँदै संक्रमण अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको उहाँले बताउनुभयो । ‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने अत्यन्त संक्रामक र घातक रोग हो ।
यो रोग लागेका बङ्गुरको मृत्युदर शतप्रतिशतसम्म हुन सक्ने भएकाले पशु स्वास्थ्य क्षेत्रमा यसलाई अत्यन्तै भयावह मानिन्छ । संक्रमण फैलिएपछि पूरै बथान सखाप हुन सक्ने जोखिम रहने हुँदा किसानको वर्षौँको लगानी र मेहनत क्षणभरमै नष्ट हुन सक्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्