Skip to content

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश रेग्मीको इजलासमा सुनुवाइ हुँदै

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुँदैछ ।

भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।

गत आइतबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यसअघि विद्युतीय अपराध मुद्दा खेपेर माघ २५ मा हाजिर जमानीमा रिहा भएका प्रसाईं फागुन ४ मा फेरि पक्राउ परेका थिए ।

त्यसबेला प्रहरीले उनलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्ववय मनोजकुमार शर्मा र मेघराज पोखरेलको आदेशले उनी फागुन १३ मा रिहा भएका थिए । सर्वोच्चको आदेशले रिहा भएको ४ दिनमा प्रसाईं फेरि पक्राउ परेका हुन् ।

पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार