धनगढी, बैशाख २४ ।
कमल सुवेदी
आफैलाई नै अजिब लाग्छ एउटा साधारण व्यक्ति भनुम कि, एउटा जिम्मेवारि व्यक्ति ? त्यो बाटो मा कसैले केही खादै गर्दा त्यो फोहोर बाटो मै फाल्दा रिस उठ्ने मान्छे भनुम कि, आफुले खाँदा आफुले खोल्तीमा फोहोर हाल्ने पागल सम्झु ? म कसोरी आफनो परिचय दिउँ ? हजुरलाई म आफै को हु भनी ? दोधार मा छु !
कहिँ कतै केही हुँदा मन रुहाउने मान्छे भनुम् कि, साथी भाइसङ्ग भेट हुदा बौलाहा जसोरी खुशी हुने हास्ने मान्छे भनुम । या त सडकमा कोहि नाङ्गो हिड्ने पागलसरि बौलाहा र नराम्रो दृश्य गरि हिँडेको देख्दा आत्तिदै साथीहरु लाई कल गर्न डरपोग सम्झु ? या त म आफुले आफैलाई को सम्झु म को हु ?
सामान्य एउटा आफनो कोठा नि नमिलाई कन समाज सेवा भन्दै हिड्ने समाजसेवि सम्झु कि त पागल जसरी कहिले कुन मठमन्दिर सरसफाई कार्यक्रम भनी हिन्ने मान्छे भनुम कि, कहिले इस्कुल इस्कुल जनचेतनामूलक कार्यक्रम भन्दै हिन्ने बुद्धिजीवी सम्झु ?वास्तवमै म को हुँ ? एक साधारण मान्छे त हुनि ?
किन तेस्तो लाग्दैन आफुलै आफुलाई नै सायद पागल सरि फाउन्डेसन तिर दुखी चेली बेटि भेट्न गर भनुम कि के भनुम” म को हु ? अझ आफुले आफूलाई बेला बेला पागल सम्झिन्छु कि त बौलाहा नै ।आफनो खुशी छैन कि आफनो दुःख सुख हेर्नू छैन कि त घरपरिवार ले नै माया गरेको छोइन, तेस्तै भौतारिदै जहिले समाज सेवा भन्दै हिड्छु । खोइ के नै गरेछु र समाजमा कस्ले चिन्छ ? मलाई थाहा छैन । तर पनि हिनि राखेको हुन्छु आफनै गन्तव्य बनाएर एउटौ लक्ष लिइ नमरुन्जेल समाज सेवा गर्छु मलाई पैसा हैन मलामी कमाउनु छ।
फेरि झसङ्ग हुन्छु वास्तव मै म को हुँ काहाँ बाट आहे आफुले आफैलाई प्रश्न गर्दा मन खिन्न्न हुन्छ । अरु को दुख देख्न सक्दिन । जस्तो तेस्तो नि सहयोग गरुम झै लाग्दछ सकि नसकी साथी भाइलाई अफ्ट्यारो पर्दा सहयोग गर्न नपाउदा निकै नै मन खिन्न लाग्दछ अनि सोच्छु कि म को हु ? आफै त सक्दिन केही काम गर्न जस्तो लाग्छ तेहि नि निरन्तर साथ दिन चाहान्छु ।आफुले आफैलाइ नै बुझ्दिन आखिर हो को म ?
के जिम्मेवारपुर्ण मानिस सम्झु कि, बोक्रे भलाद्मी भनुम ? देखावटी गर्न जान्दिन फेरि जे छु खुलेआम हिन्दछु सत्यतथ्य बोल्दछु । पागल सरि साथीभाईलाई केही हुँदा अस्पताल बौलाहा सरि खुशी हुदै साथ दिन जान्छु भने कहिले कसैलाई ब्लड चाहिँदा आत्तिदै भौतारिदै ब्लड बैंक सङ्ग ब्लड लिस्ट को फाइल मागी दुनियाँ मानिस सङ्ग गुहार माग्दै कल गर्दछु ।
साच्चै बेला बेला पागल जस्तै लाग्दछ मलाई म को हु भनेर ? सोच्दा खेरी दुखद मा परेको लाई सहयोग गर्दा मनै भरी खुशी चाहाने कस्तो मान्छे म ? म को हु ? आफु आफनै परिचय बिर्सन्छु । भगवान प्रती आस्था नराख्ने मन मेरो ती अनाथलय मा देखिएका लावारिस बालकलाई एक छाक भए नि कुनै न कुनै दिन खुवाउन सकुम सोच्दछु । कस्तो छ मेरो मन ? म आफै भुल्दछु । अनि सोच्दछु कि वास्तव मै म को हु ?
मेरि आमाले जाउँ हिड छोरा मन्दिर मा भगवान को दर्शन गर्न, अर्चना गर्न भन्दा अझ झर्किने छोरो म , अझ न भै उल्टो आमालाई जवाफ फर्काउदै मन्दिर मा गएर भगवानलाई ती केही चिज चडाउनु को सट्टा रोड मा भएका लावारिस बटुवालाई एक छाक भए नि खान दिम नि आमा भन्दछु । अनि आमा माथि नै सवाल गरि झर्किन्छु, आमालाई नै सम्झाउछु ।अनि फेरि सोच्दछु कि म को हुँ ?
फाउन्डेसन मा रहेका चेलीबेटिहरु लाई हेर्दा दुःख मानी मन भरी आँसु निकाल्ने केटो म आफै सोच्दछु कि कस्तो रहेछु म ? भनी कस्तो मनुष्य चोला दियौं भगवान जहिले नि आफनो भन्दा अर्काको कियर गर्नी बनायौ, दुःख मा परेका चेलीबेटिलाई कसोरी सुख र एक पल भएनी खुशी दिन सकुम सोच्ने मेरो मन बनाइदियौ भगवान जहिले नि आफनो भन्दा अरु को भलाई गर्नि मन बनाइ दियौ।
म को नै हु र ? अरु को भलाइ गर्न त्यही नि दुःख सुख बाड्न सकुम भन्ने सोच बनाइदियौ । भगवान किन यस्तो बनायौ ? कि आफुले आफै म को हु ? भनी हिंड्न् पर्नी बनाइ दियौ ।