Skip to content

यस्तो बन्दै छ अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जेन जी शहीद स्मारक पार्क (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा ज्यान गुमाए ४५ जना शहीदहरू मध्य ४२ जनाको शालिक सहित अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेन जी शहीद स्मारक पार्क निर्माण सुरु गरिएको छ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२४ औं बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराएसँगै पार्क निर्माण कार्य अगाडी बढाइएको हो ।

ऐतिहासिक र मौलिक ढाँचामा निर्माण गर्न लागिएको यस स्मारक पार्कले जेन–जी आन्दोलनका शहीदहरूको योगदानलाई दीर्घकालसम्म जीवित राख्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार