Skip to content

आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि क्रिकेट खेलाडी छनोट

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसीसी महिला च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ । छनोट हुने टोलीको कप्तानी इन्दु बर्मा र उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्नेछन् ।

छनोट भएका अरू खेलाडीमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र मनिषा उपाध्याया छन् । यस्तै, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन र सावित्री धामी छनोट भएका छन् ।

यही चैत २९ गतेदेखि रुवान्डामा आयोजना हुने प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०को नयाँ संरचनाअनुसार पहिलो पटक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार