काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई आफूमाथिको निलम्बन ७ दिनभित्र फुकुवा गर्न आग्रह गरेको छ ।
एन्फाले पत्रमार्फत राखेपलाई निलम्बन फुकुवा गर्न अनुरोध गरेको हो । एन्फाका अनुसार अन्तर्राष्ट्रिय फुटबल निकायहरूले राखेपको निर्णयलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै अस्वीकार्य ठहर गरेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपले एन्फालाई निलम्बन गरेको घटनाक्रमबारे पत्राचार गर्दै स्थगित भएको चुनावी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको पनि एन्फाले जनाएको छ ।
फिफाले गएको चैत १३ गते स्थगित भएको चुनावी प्रक्रिया पुनः शुरू गरी ७ दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । फिफाको निर्देशन पालना नगरे त्यसबारे फिफा काउन्सिलमा जानकारी गराइने र नेपाललाई निलम्बनका लागि सिफारिस गर्न सक्ने चेतावनी पनि दिएको छ । यस्तो अवस्था आएमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गुमाउने र फिफा तथा एएफसीबाट प्राप्त हुने आर्थिक सहयोग पनि रोकिने जोखिम रहेको पत्रमा उल्लेख छ ।
पटक-पटकको तहगत चुनाव गर्न आफूले दिएको निर्देशनलाई अटेर गरेपछि राखेपले गएको चैत ११ गतेको निर्णयअनुसार एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्