काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हाजिरी जमानीमा रिहा गरेको छ। उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका ओलीलाई परिवारको जिम्मा लगाएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ओलीलाई तत्काल हिरासतमा नराखी हाजिरी जमानीमा रिहा गरिएको हो। उनी अब आवश्यक परेमा प्रहरीसमक्ष उपस्थित हुने शर्तमा बाहिर बस्न पाउनेछन्। यस घटनाले राजनीतिक वृत्तमा समेत चासो बढाएको छ भने ओलीको स्वास्थ्य अवस्था र आगामी राजनीतिक गतिविधिबारे पनि चर्चा सुरु भएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्