Skip to content

नेपाली कांग्रेस शेर बहादुर देउवा पक्षको बैठक धुम्बाराही सुरु (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस नेताहरूको बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टीको आन्तरिक रणनीति तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। साथै, सरकारको कामकारबाही, सत्ता समीकरण र आगामी राजनीतिक दिशा तय गर्ने विषय पनि एजेन्डामा रहेको स्रोतले जनाएको छ।

बैठकमा देउवा निकटका शीर्ष नेताहरूको सहभागिता रहेको छ भने पार्टीभित्रको शक्ति सन्तुलन र आगामी निर्णयका लागि यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार