Skip to content

ड्रोनबाट हेर्नुस्ः डोजर चलेपछि मनोहरा सुकुम्बासी बस्ती (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने तयारीसँगै केही दिनअघि मनोहरा क्षेत्र तथा थापाथली गैरीगाउँका सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो। सरकारको निर्देशनअनुसार नेपाल प्रहरीको सहयोगमा महानगरपालिकाले बस्ती हटाउने कार्य गरेको हो।

हाल उक्त क्षेत्रमा घर–टहरा भएका व्यक्तिहरूले बाँकी रहेका सामानहरू सारिरहेका छन् भने केही स्थानमा फलाम तथा कवाडी संकलन गर्ने काम पनि भइरहेको छ। नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गुहेश्वरी फाँट, काठमाडौंबाट सूचना जारी गर्दै नदी किनार क्षेत्रमा राखिएका आफ्ना सम्पूर्ण सामानहरू भोलिसम्म अनिवार्य रूपमा हटाई व्यवस्थित गर्न एक सूचना टासिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार