काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन २२ लाख ७६ हजार भन्दा बढी राजश्व सङ्कलन भएको छ ।
हिजो एकैदिन दुई हजार ४४५ गाडी चालक नियम उल्लङ्घनको कारबाहीमा परेपछि २२ लाख ७६ हजार भन्दा बढी राजश्व सङ्कलन भएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँडरक्सी खाएर गाडी चलाउने १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा गाडी हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा गाडी ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा गाडी चलाउने १६६ र अरू नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्