काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचिमा केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ ।
आईतवार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उहाँले प्रधानमन्त्री बालेन्द्र साहले उक्त कार्यसूचिमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरुको ध्यान केन्द्रित भएको बताउनुभएको हो । मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरु गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो मन्त्रालयले कम्तिमा १५ दिनमा सञ्चारकर्मीहरुसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउने पनि बताउनु भयो । मन्त्री मेहताले मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरु, सञ्चारकर्मीहरुलगायतका सुझावलाई ध्यानमा राखेर काम गर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘हाम्रो आफ्नै कार्यव्यस्तता थियो । किनकी हाम्रो मेट टार्गेट भनेको नै सय बुदा थियो । यसलाई कसरी कम्पिलिट गर्ने रु हामीलाई माथि बाटनै सम्मानीय ज्यूको मेन निर्देशन शासकीय सुधारको जुन हन्ड्रेट प्वईन्टस थियो ।
त्यसलाई कसरी कम्पिलिट गर्ने भनेर सबै उतातिर फोकस भयौँ । प्रेस एडभाईजरी हामीले टाईम टू टाईम यसरी मिटिङ राख्नुपर्ने । यसमा हाम्रो ध्यान नै गएन । त्यसका लागि हामी क्षमाप्राथी नै छौँ । यो हाम्रो इन्ड होइन, कन्टिन्युटी हो । हाम्रो प्रवक्ताले यो भनिसक्नु भयो । सम्भव भएपछिसम्म हामी हरेक १५ दिनमा पत्रकारसँग भेटघाट गर्ने छौ । हजुरहरुको जति पनि गुनासाहरु छ । फिडब्याक र एडभाईसहरु छ । सचिव र सचिवालयले नोट गरेको छ ।
सुधारका कुराहरु धेरै आएका छन् । हाम्रा कमीकमजोरीहरु, हाम्रा स्ट्रेन्थहरु के छन रु त्यो हामी सबैले बुझेका छौँ । यसलाई आत्मासात गर्दैै हामी पक्कै अघि बढ्नेछौँ ।’
मन्त्री मेहताले मन्त्रालयमा आउने गरेका गुनासोहरु पनि सम्बोधन हुँदै जाने बताउनु भयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्