Skip to content

‘सरकारको प्रवृत्तिले हद नाघेको छ’ : गगन थापा

कालोपाटी

२३ मिनेट अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्।

उनले हालै विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मीलाई पक्राउ र पक्राउको तयारीको विषयसमेत समेटेर सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट यस्तो टिप्पणी गरेका हुन्।

‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो। प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ उनले भने, ‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो।’

उनले अहिले सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरिरहेको पनि बताए। ‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ,’ उनले भने, ‘मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार