Skip to content

गगन थापा पक्राउको चर्चाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक

कालोपाटी

६० मिनेट अगाडि

काठमाडौँ । नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।

सहमहामन्त्री रामहरि खतिवडाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको बताए ।

नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउको चर्चासँगै कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको हो ।

‘सभापति पक्राउको आधार छैन, कांग्रेसको अवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ खतिवडाले भने, ‘सरकारको विवादित कदमबारे हिजो ६ बुँदे धारणा सार्वजनिक गरिसकेका छौँ ।’

यता, कांग्रेसकै सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले चलाइरहेको हल्ला र भ्रमबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार