। जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्याँस पाउन सकेका छैनन् । महिनौँदेखि ग्याँसको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।
भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्याँस पाउन नसकेको बताउनुभयो । यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उद्लेद त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरीद्द् ।
बजारमा ग्याँस सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उद्कोद भनाइ छ । ‘अहिले पनि ग्याँस खोज्दै भौँतारिरहेकी छु । ग्याँस डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन । फोन गर्दा ग्याँस नै आएको छैन भन्नुहुन्छ’, उद्लेद भनिन्, ‘बजारमा ग्याँस सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?’
आफूसँग भएको सिलिन्डरको ग्याँस सकिन लागेपछि अर्को सिलिन्डरको व्यवस्था गर्न खोज्दा पनि समस्या भएको उहाँले सुनाउनुभयो । केही थप शुल्क तिरेर भए पनि अर्को कम्पनीको सिलिन्डरसँग साटेर ग्याँस लिन सकिन्छ कि भनेर बिक्रेतालाई अनुरोध गर्दा सहयोग नपाएको उनको गुनासो छ ।
सविनाको जस्तै समस्या अर्का उपभोक्ता सुनील दुवालले पनि भोग्नुपरेको छ । ग्याँसका लागि पसलमा नाम टिपाएको लामो समय भइसक्दा पनि सिलिन्डर पाउन नसकेको उनले बताइन् ।
‘ग्याँस पसलका साहुजीलाई जहिले सोधे पनि ग्याँस आएपछि खबर गर्छु भन्नुहुन्छ । महिनौँ बितिसक्यो, तर अहिलेसम्म पाएको छैन’, उनले भनिन्, ‘हामीले पैसा तिरेर किन्ने हो, सित्तैमा दिनुस् भनेका होइनौँ । पैसा तिर्दा पनि एउटा सिलिन्डर नपाउनु कस्तो अवस्था हो ?’
सरकारी निकाय र सामाजिक सञ्जालमा ग्याँसको आपूर्ति सहज भएको सूचना सार्वजनिक भइरहे पनि उपभोक्ताले भने ग्याँस पाउन नसकेको उनको भनाइ छ । बजारमा ग्याँस आइरहेको भनिए पनि कहाँ वितरण भइरहेको छ र वास्तविक उपभोक्तासम्म किन पुग्न सकेको छैन भन्ने उनको प्रश्न छ ।
दैनिक खाना पकाउन ग्याँसमा निर्भर परिवारका लागि यसको अभावले घरायसी कामकाज प्रभावित भएको छ । ग्याँस नपाउँदा समयमै खाना पकाउन नसकिने र वैकल्पिक इन्धनको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताको भनाइ छ । विशेषगरी लामो समयदेखि एउटै सिलिन्डर प्रयोग गर्दै आएका परिवारलाई ग्याँस सकिएपछि तत्काल अर्को व्यवस्था गर्न कठिन भएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्लामा ग्याँसको आपूर्ति सहज भइसकेको दाबी गरे । कुनै एउटा कम्पनीको ग्याँस नपाएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको डिलरबाट सिलिन्डर साटेर पनि ग्यास लिन सक्ने उनले बताए ।
दसैँअघि जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत कुन कम्पनीको ग्याँस कहाँ र कहिले वितरण हुँदैछ भन्ने सूचना सार्वजनिक गर्दै आएको उनले जानकारी दिनुभयो । दसैँपछि ग्याँसको आपूर्ति सहज भएको ठानेर त्यस्ता सूचना सार्वजनिक गर्न छाडिएको उनको भनाइ छ ।
प्रशासनले आपूर्ति सहज भएको दाबी गरे पनि उपभोक्ताले ग्याँस पाउन नसकेको गुनासो गरिरहेका छन् । प्रशासनको दाबी र बजारको वास्तविक अवस्थाबीच तालमेल नहुँदा उपभोक्तामा अन्योल देखिएको छ ।
आपूर्ति सहज भएको हो भने ग्याँसको प्रतीक्षामा रहेका उपभोक्ताले किन पाउन सकेका छैनन् भन्ने प्रश्न उठेको छ । ग्याँसको उपलब्धता र वितरणबारे स्पष्ट सूचना उपभोक्तासम्म नपुग्दा समस्या थप जटिल बनेको देखिन्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्