Skip to content

‘भ्रष्टतन्त्रको सफाइ गर्छौं, अर्को चुनावबाट झन् ठूलो शक्ति भएर आउँछौं’ : अर्थमन्त्री

कालोपाटी

५० मिनेट अगाडि

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् ।

उनले यही अवस्था साढे चार वर्ष पनि कामय गर्दै अर्को चुनावमा झन् ठूलो शक्ति भएर आउने दाबी गरेका छन् ।

‘साढे सात आठ महिना हुनलाग्दा पनि कसैलाई औँला ठड्याउन पाएको छैन । साढे ४ वर्ष यस्तै गरी सरकार चलाएर हामी फेरि ठूलो शक्ति भएर आउँछौं’ मन्त्री वाग्लेले नेपाल इन्फ्रास्ट्रक्चर समिटबारे आयोजित कार्यक्रममा भने ।

उनले सरकारका सबै नियकाबीच कोअर्डिनेसनमा काम भइरहेको दाबी गरे ।

‘जुद्दध शम्मशेर पछि कुनै सरकार पाँच वर्ष चलेको थिएन । अब हामी क्रमभंग गर्छौं’ वाग्लेले भने,’ सरकारले ‘क्लेप्टोक्रेसी (भ्रष्टतन्त्र) क्लिनअप गर्छ ।’

उनका अनुसार विगत साढे तीन वर्षमा ३५ वटा ऐन बनेकोमा अहिले सरकारले १६६ वटा ऐनमाथि काम गरिरहेको छ । तीमध्ये ५९ वटा ऐनलाई एउटै प्याकेजमा अघि बढाउने तयारी रहेको उनले जानकारी दिए । ‘हामी बिग ब्याङ गर्दैछौं । कामको रफ्तार अब बढ्छ,’ उनले भने ।

पूर्वाधार विकासमा सरकारले ठूलो लगानी र तीव्र कार्यान्वयनलाई प्राथमिकता दिएको उनको भनाइ छ । एकैपटक आठदेखि १० वटा ठूला पूर्वाधार आयोजनालाई अघि बढाउने गरी काम गरिएको यनले बताए ।

सबै विकासका काम राज्यले मात्रै गर्नुपर्ने अवस्था अन्त्य गर्न निजी क्षेत्रको सहभागिता बढाउने नीति पनि सरकारले लिएको वाग्लेले बताए । निजी क्षेत्रलाई लगानीका लागि बाटो खोल्ने गरी बजेट ल्याइएको र वैकल्पिक विकास वित्तसम्बन्धी व्यवस्था कार्यान्वयनमा जाने उनको भनाइ छ ।

‘निजी पुँजीलाई बढाउँछौं,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले सरकारले अघि बढाएको सुशासनको प्रयासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको दाबीसमेत गरे । ठूलो बाढीपहिरोको सामना गर्नुपरे पनि राजस्व संकलनको गति राम्रो रहेको उल्लेख गर्दै उनले यसलाई सुशासनको लाभांशका रूपमा व्याख्या गरे ।

सरकारले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार